• 2:47 pm

विद्रोही राजधानीमा छिरेसँगै सिरियाका राष्ट्रपति भागे !

प्रकाशित मिति

२०८१ मंसिर २३ गते, आईतवार ११:२४

मंसिर २३, २०८१ काठमाडौँ: सिरियाका विद्रोही समूहले राजधानी दमास्कसमा प्रवेश गरेको दाबी गरेका छन् । यससँगै दमस्कसमा गोली चलेको आवाज पनि सुनिएको छ ।

यसैबीच, समाचार एजेन्सी रोयटर्सले दुई वरिष्ठ सिरियाली अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति बसर अल-असदले दमास्कस छोडेको बताएको छ, तर उनी कहाँ गएका छन् भन्ने स्पष्ट छैन ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले पनि सम्भवतः राष्ट्रपति बसर अल-असदलाई लिएर एउटा निजी विमान दमास्कस एयरपोर्टबाट निस्किएको बताएको छ ।

सिरियाका विद्रोही समूहहरूले हालसम्म हामा, डेराका अधिकांश भाग र तेस्रो ठूलो सहर होम्स कब्जा गरेका छन् ।

इस्लामिक चरमपन्थी समूह हयात तहरीर अल-शाम (एचटीएएस) का प्रमुख अबु मोहम्मद अल जुलानीले होम्स कब्जालाई ऐतिहासिक क्षण भनेका छन् ।

प्रतिकृया