• ६ असोज २०८३, मंगलबार
  • ६ः५१ बेलुका

कोन्ज्योसोम गाउँपालिकामा तीन दिनसम्म क्षमता विकास तालिम

प्रकाशित मिति

२०८१ मंसिर १३ गते, बिहीबार १०:०५

मंसिर १३, २०८१ ललितपुर: कोन्ज्योसोम गाउँपालिकाले पंजिकरण व्यवस्थापन, राष्ट्रिय परिचयपत्र र सामाजिक सुरक्षा सम्बन्धी क्षमता विकास तालिम सुरु गरेको छ । बुधबार गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

National Life

तालिम बुधबार बिहीबार र शुक्रबारसम्म गरी तीन दिनसम्म सञ्चालन हुनेछ । गाउँपालिकाले वडाध्यक्ष र वडा सचिवलाई लक्षित गरी पंजिकरण व्यवस्थापन, राष्ट्रिय परिचयपत्र र सामाजिक सुरक्षा सम्बन्धी क्षमता विकास तालिम सुरु गरेको कोन्ज्योसोम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो ।

गाउँपालिकाको सेवा प्रवाहलाई नागरिक मैत्री, प्रविधिमैत्री र सुशासनयुक्त बनाउने उद्देश्यले गाउँपालिकाले नेपाल सरकारका पूर्वसचिव समेत रहनु भएका प्रमुख निर्वाचन आयुक्त थपलियाको प्रमुख आथित्यतामा क्षमता विकास सम्बन्धी तालिम सञ्चालन गरेको हो ।
अहिले पनि पञ्जिकरण सम्बन्धित सेवा प्रवाह गर्ने क्रममा कतिपय दुविधाहरु रहेकोले उक्त दुविधाहरुलाई हटाउँदै कर्मचारी र जनप्रतिनिधिको क्षमता विकास गर्ने गरी गाउँपालिकाले तालिम आयोजना गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय सरकार संघीयताको जग भएको भन्दै स्थानीय तहले प्रभावकारी सेवा प्रवाह गर्दा नै संघीयता प्रभावकारी कार्यान्वयन भएको महशुस आमनागरिकलाई हुने बताउनुभयो । स्थानीय सरकारलाई सेवा प्रवाह र विकास निर्माणको केन्द्रको रुपमा स्थापित गराउँदा मात्र नागरिकले स्थानीय सरकारको महशुस गर्न सक्ने थपलियाले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णमान लामाले कोन्ज्योसोम गाउँपालिकाले नीतिगत र व्यवहारिक रुपमा नागरिकमैत्री सेवा प्रदान गर्दै आएको बताउनुभयो । सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरे, ललितपुरका जिल्ला समन्वय अधिकारी दिनेशप्रसाद थानी, वडाध्यक्ष, वडा सचिव शाखाका कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो । उक्त कार्यक्रम कोन्ज्योसोम गाउँपालिकाको आयोजना र सहआयोजक खाँदबारी सेवा समाज काठमाडौँले गरेको थियो ।

प्रतिकृया