• ६ असोज २०८३, मंगलबार
  • ६ः२० बेलुका

नेपाल बैंक र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेज बिच सम्झौता

प्रकाशित मिति

२०८१ मंसिर १३ गते, बिहीबार १०:००

मंसिर १३, २०८१ काठमाडौँ: मिति २०८१ साल मङ्सिर १० गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

National Life

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि २५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने ऋयलकगतिबतष्यल शुल्कमा १०० प्रतिशत छुट हुने व्यवस्था समेत गरिएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजको तर्फबाट अध्यक्ष श्री रुप नारायण शाहले हस्ताक्षर गर्नुभयो । यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने Endoscopy, Colonoscopy, ECG, EEG, Pulmonary Function Test, FNAC/Biopsy, X-ray, Ultrasound, Doppler, Liver Health, Heart Health, Kidney health, Brain or Neuro Health and Urology, General Physical Checkup, ECHO, Nuclear Cardiology Test, Dental, Skin Care, Hari transplant, Minor Operation, AV Fistula जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया