• २१ भदौ २०८३, आइतबार
  • १०ः३३ बिहान

देउवासँग ४ मन्त्रालय माग्ने संस्थापन इतर समूहको निर्णय

प्रकाशित मिति

२०८१ असार ३० गते, आईतवार ०१:२४

असार ३०, २०८१ काठमाडौँ: नेपाली कांग्रेसको शेखर कोइराला-गगन थापा समूहले कम्तीमा चार मन्त्री माग गरेको छ । आज बसेको कांग्रेस संस्थापन इतर पक्षको बैठकले परम्परागत रूपमा चल्दै आइरहेको ६०/४० को हिस्सा हुनुपर्ने निष्कर्ष निकालेको हो ।

National Life

संस्थापन इतर समूहबाट सांसदहरु जीवन परियार, बद्री पाण्डे, चन्द्र भण्डारी , प्रदीप पौडेल, प्रतिमा गौतम र अर्जुननरसिंह केसीलगायतले मन्त्रीका लागि लविङ गरिरहेका छन् ।

बैठकमा सहभागी एक नेताका अनुसार शेखर गगन समूहले चार मन्त्री माग गर्ने र समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको छ ।

Classic Tech Desktop

आज साँझ एमाले अध्यक्ष अ‍ोली प्रधानमन्त्री नियुक्त हुँदैछन्। उनले भोलि बिहान ११ बजे प्रधानमन्त्रीको शपथ लिनेछन्। प्रधानमन्त्रीको शपथ लिएकै दिन ओलीले कम्तिमा पनि १५ जनालाई मन्त्री नियुक्त गर्नेगरि तयारी गरेका छन् ।

कांग्रेसले शनिबारमात्रै कार्यसम्पदन समिति बैठक बोलाएर पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया