• ६ असोज २०८३, मंगलबार
  • २ः२६ दिउँसो

अमेरिकाको फ्लोरिडा पुग्यो नेपाली टोली

प्रकाशित मिति

२०८१ बैशाख २४ गते, सोमबार १०:४०

वैशाख २४, २०८१ काठमाडौँ: आइसीसी टी-२० विश्वकप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट अमेरिकाको फ्लोरिडा पुगेको छ। विश्वकपको तयारीका लागि नेपाली टोली एक महिना अगावै अमेरिका प्रस्थान गरेको हो। नेपालले वेस्टइन्डिजमा अभ्यास गर्ने कार्यतालिका रहेको छ।

National Life

नेपाली टोली दुई समूहमा रहेर अमेरिका प्रस्थान गरेको हो। शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडामा पुगेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। दोस्रो समूह आइतबार दिउँसो त्यसतर्फ प्रस्थान गर्दै छ। नेपालले फ्लोरिडामा केही दिन प्रशिक्षण गरेर त्यहाँबा वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जाने कार्यतालिका रहेको छ।

वेस्टइन्डिजमा विश्वकप हुने मैदानमा नेपालले प्रशिक्षण र अभ्यास खेल खेल्ने छ। त्यसपछि टोली अन्तिम तयारीका लागि टेक्सासको ह्युस्टन आउने कार्यतालिका रहेको छ। नेपालले विश्वकपअघि अन्तिम वार्म अप खेल भने डालासमै खेल्ने छ। नेपालले विश्वकपका लागि यसअघि नै १५ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया