इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै
प्रकाशित मिति
२०८१ बैशाख २४ गते, सोमबार १०:४६
![](https://matribhuminews.com/wp-content/uploads/2024/05/englandc.jpg)
वैशाख २४, २०८१ काठमाडौँ: नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । खेल इंग्ल्याण्डको एल्डरशट टाउनको इबीबी स्टेडियममा नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।
टोलीको कप्तानी गोलरक्षक किरणकुमार लिम्बुले गर्नेछन् । अन्य गोलकिपरमा अभिषेक बराल र विशाल सुनार रहेका छन् । यस्तै, डिफेन्डरमा छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बू, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्द छन् ।
मिडफिल्डरमा फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी र लकेन लिम्बू रहेका छन् भने फरवार्डको जिम्मेवारी दिनेश हेन्जन, अन्जन विष्ट, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्टले सम्हाल्ने छन् ।
नेपालले यसअघि शनिबार ब्रिटिश आर्मीसँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।
प्रतिकृया