• ७ असोज २०८३, बुधबार
  • ५ः१० बेलुका

पीएसएल : इस्लामावादसँग कराची किंग्स ७ विकेटले पराजित

प्रकाशित मिति

२०८० फाल्गुन १७ गते, बिहीबार १२:०३

फागुन १७, २०८० काठमाडौँ: पाकिस्तान सुपर लिग पीएसएलमा इस्लामावाद युनाइटेडले दोस्रो जित निकालेको छ । वुधबार राति भएको खेलमा इस्लामावादले कराची किंग्सलाई ७ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको छ । कराचीको भने दोस्रो हार हो ।

National Life

कराचीले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो । जवाफमा इस्लामावादले ३ विकेट गुमाएर १८.३ ओभरमा जित निकाल्यो ।पहिला ब्याटिङ गर्दा कराचीका लागि किरोन पोलार्डले २८ बलमा ४८ रनको नटआउट पारि खेलेका थिए । यसैगरी इरफान खानले २७ रनको नटआउट पारि खेल्दा कप्तान सान मक्सुद २७ रनमै आउट भए । त्यसैगरी लिउस डुले २४ रन बनाए ।

इस्लामावादका इमाद वसिम, नसिम साह, आघा सल्मान र हुनेन साहले एक एक विकेट लिए । १६६ रनको लक्ष्य पछ्याएको इस्लामावादलाई जिताउन ओपनरद्वय कोलिन मुनरो र एलेक्स हेल्सले उत्कृष्ट पारि खेले । मुनरोल ४७ बलमा ८२ रनको शानदार पारि खेल्दा एलेक्सले ३५ बलमा ४७ रनको पारि खेले ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, आघा सलमानले १५ बलमा २५ रनको नआउट पारि खेल्दा कप्तान सदाव खानले पनि नटआउट १० रन बनाएर पछि सहजै जित निकाले । कराचीका हसन अलि, तबरेज सम्सी र मोहमद नवाजले एक एक विकेट लिएका थिए ।

पीएसएल अन्तर्गत आज राति पौने ८ बजे कराँची किंग्स र क्वेटा ग्लाडियटर्सबीच प्रतिस्पर्धा हुने छ ।

प्रतिकृया