• ७ असोज २०८३, बुधबार
  • ९ः५१ राती

यू १९ विश्वकपको सुपर सिक्समा नेपालको १ सय रन पूरा

प्रकाशित मिति

२०८० माघ १७ गते, बुधबार ०४:१०

माघ १७, २०८० काठमाडौँ: आईसीसी यू १९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध नेपालले अहिले टस जितेर ब्याटिङ गरिरहेको छ । दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा नेपालको एक सय रन पूरा भएको छ । खेलको २९ ओभर २ बलमा विशालविक्रम केसीले चौका प्रहार गर्दै नेपालको एक सय रन पूरा गरेका हुन् ।

National Life

यसअघि खेलको २७ ओभर ४ बलमा नेपालका कप्तान देव खनाल आउट भएका थिए । तीन चौका प्रहार गरेका उनले ६० बलमा ३५ रन बनाए । उनी जिशन आलमको बलमा महफुजुर रहमानबाट क्याच आउट भए ।

अहिले क्रिजमा केसी र गुल्शन झा खेलिरहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया