‘अन्तरराष्ट्रिय कला प्रदर्शनी’ काठमाडौंमा शुरु
प्रकाशित मिति
२०७६ भाद्र ८ गते, आईतवार ०९:०४
काठमाडौं, काठमाडौंमा चार देशका कलाकारको सहभागितामा ‘अन्तरराष्ट्रिय कला प्रदर्शनी’ शुरु भएको छ । अन्तरराष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजना तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान (नाफा) को सहकार्यमा शनिवारदेखि शुरु भएको प्रदर्शनी भदौ १७ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीको उद्घाटन गर्दै वरिष्ठ कलाकार हरिप्रसाद शर्माले यस्ता कार्यक्रमले कला र विचार आदानप्रदानमा सहयोग पुग्ने उल्लेख गर्दै जीवन रहुञ्जेल कला साधना गर्नसमेत कलाकारलाई आग्रह गर्नुभयो ।
काठमाडौंस्थित प्रतिष्ठानको कार्यालय नक्सालमा जारी कला प्रदर्शनीमा नेपालसहित भारत, बङ्गलादेश र चीनका चर्चित कलाकारको चित्र समावेश गरिएको आइडब्लुएस नेपालका अध्यक्ष एनवी गुरुङले जानकारी दिनुभयो । उहाले छ महीनादेखिको प्रयास सफल भएकामा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा पूर्वराजदूत कमानसिंह लामाले कला क्षेत्रको गतिविधि कमजोर रहेको भन्दै अहिले गरेका काम भावी पुस्ताका लागि पनि सङ्ग्रह गरेर राख्नुपर्नेमा जोड दिनु भयो ।





प्रतिकृया