• ९ असोज २०८३, शुक्रबार
  • ४ः०४ बेलुका

नेपालले टस जितेर हङकङविरूद्ध पहिला बलिङ गर्ने

प्रकाशित मिति

२०८० कार्तिक २ गते, बिहीबार १०:५९

कात्तिक २, २०८० काठमाडौं: त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार हुने हङ्कङविरुद्धको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निणर्य लिएको छ । खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा विहान ११ बजे सुरु हुनेछ ।

National Life

जारी शृंखलामा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि बुधबार खेलिएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले हराएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ४० रन बनाएको थियो ।


जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १८.५ ओभरमा तीन विकेट गुमाएर एक सय ४४ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ५१ र दीपेन्द्रसिंह ऐरीले अविजित ३४ रनको योगदान गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

निकट भविष्यमा हुने टी—२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृंखला खेल्न लागिएको हो ।

प्रतिकृया