• ११ असोज २०८३, आइतबार
  • १२ः५० दिउँसो

नबिल बैंकले युरोपियन युनियनसँग मिलेर दिगो र जलवायु अनुकूल भवन निर्माणमा काम गर्ने

प्रकाशित मिति

२०८० आश्विन २० गते, शनिबार ११:२२

असोज २० , २०८० काठमाडौँ: नबिल बैंकले नेपालमा दिगो र जलवायु अनुकूल भवन निर्माणमा काम गर्ने गरी युरोपियन युनियन (ईयू) को सहयोगमा सञ्चालित बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (बीन-प्रोजेक्ट) सँग समझदारी गरेको छ ।

National Life

साे समझदारीपत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र बीन-प्रोजेक्टका प्रोजेक्ट लिडर ड्यानियल नेयरले बिहीबार हस्ताक्षर गरेका हुन् ।


बीन-प्रोजेक्टसँगको साझेदारीले नवीन वित्तीय प्याकेज विकास गर्ने, वित्तीय प्याकेजको मूल्यांकन गर्न प्राविधिक क्षमता विकास गर्ने तथा दिगो आवास प्रवर्द्धनका लागि प्राथमिकताका वित्तीय योजनामा पहुँच पुर्‍याउन सहजीकरण गर्नेलगायतका गतिविधिहरू सञ्चालन गरिने बैंकले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले नबिल बैंकले जलवायु परिवर्तनप्रति संवेदनशील रहेको र ग्लोबल वार्मिङ न्यूनीकरणमा योगदान पुर्‍याउँदै आएको बताए । दिगो आवास निर्माणले वातावरणलाई मात्र फाइदा पुर्‍याउने नभई, हाम्रो समुदाय र आर्थिक चक्रमा पनि सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।


नबिल बैंकले ‘सस्टेनेबल हाउसिङ लोन’ स्किम ल्याएको छ । साे स्किममा बीन-प्रोजेक्टले प्राविधिक सहयोगका साथै दिगो आवास प्रवर्द्धनमा र सचेतना अभिवृद्धिमा सहयोग गरिरहेको छ ।


प्रमुख कार्यकारी अधिकृत ढुंगानाले नबिल बैंकले विद्युतीय सवारी साधन फाइनान्सिङ र सस्टेनेबल हाउसिङ लोनको प्रवर्धनमा काम गर्दै आएको बताए । प्रोजेक्ट लिडर नेयरले नेपालमा दिगो र जलवायु-अनुकूल भवन डिजाइनको प्रवर्द्धनमा काम गर्न नबिल बैंकसँग साझेदारी गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।

प्रतिकृया