• ५ साउन २०८३, मंगलबार
  • ५:०९ बेलुका

गैंडालाई ‘राइनो’ र सगरमाथालाई ‘माउन्ट एभरेष्ट’ नभन्न प्रधानमन्त्री ओलीको आग्रह

प्रकाशित मिति

२०७६ भाद्र २ गते, सोमबार ०१:१५

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडालाई ‘राइनो’ नभन्न सबैमा आग्रह गरेका छन् । गैंडालाई अंग्रेजीमा ‘राइनो’ भनिएको प्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री ओलीले गैंडा नै भन्न सबैमा आग्रह गर्नु भएको छ ।

एसिया प्रशान्त क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको सम्मेलनलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गैंडालाई गैंडा नै भन्नु पर्नेमा जोड दिनु भएको हो ।

Kamana Sewa

प्रधानमन्त्रीले भन्नुभयो, ‘गैंडाज आर गैंडाज, नट राइनोज ।’ सम्मेलनमा सहभागी करिब चार सय विदेशी पाहुना अगाडि प्रधानमन्त्री ओलीले सगरमाथालाई माउन्ट एभरेष्ट नभन्न आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, ‘सगरमाथालाई ‘माउन्ट एभरेष्ट’ भन्नुको साटो सगरमाथा नै उच्चारण गरिदिनुहोस् ।’

Classic Tech Desktop

सोमबारदेखि सुरु भएको सम्मेलनमा ४३ देशका ४ सयभन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहेको छ । यसअघि पनि प्रधानमन्त्री ओलीले गैंडालाई गैंडानै भन्न आग्रह गर्दै आउनु भएको थियो । राइनोज भन्नुभन्दा गैंडा भन्दा नेपाली शब्द नै प्रसिद्ध हुने भन्दै प्रधानमन्त्री ओलीले विगतदेखि नै यसबारे कुरा उठाउँदैं आउनु भएको छ ।

प्रतिकृया