• १२ असोज २०८३, सोमबार
  • १ः४२ राती

भन्सार र विद्युत विधेयक संसद्‌मा पेस गर्ने सरकारको निर्णय

प्रकाशित मिति

२०८० भाद्र १३ गते, बुधबार ०८:४४

भदौ १३, २०८० काठमाडौँ : सरकारले भन्सार विधेयक र विद्युत विधेयक संघीय संसद्‌मा पेस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताइन्।

National Life

यस्तै, सरकारले प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनित गर्ने, नेपाल र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको उनले जानकारी दिइन्।


उनले नेपाल प्रशासन सेवा सामुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक ९सचिव० पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय भएको पनि बताइन्।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले नेपाल औषधि लिमिटेडको महाप्रवन्धमा कैलाशकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय भएको बताइन्।

प्रतिकृया