तम्घासबाट बुटवल जाँदै गरेको जिप पहिरोले पुर्यो, ३ जनाको मृत्यु, आठ जना घाइते
प्रकाशित मिति
२०८० भाद्र १३ गते, बुधबार १०:३२
भदौ १३, २०८० काठमाडौँ: गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको जीप पहिरोमा पुर्दा ३ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । पाल्पाका डीएसपी वीरेन्द्र थापाले दिएको जानकारी अनुसार केहीको अवस्था गम्भीर रहेको छ । उनका अनुसार मृत्यु हुनेमा एक जना प्रहरी पनि रहेका छन् ।
८ जना घाइतेको उद्धार गरेर थप उपचारको लागि अस्पताल पठाइएको पनि डीएसपी थापाले बताएका छन् । तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कोर्पियो जिपलाई पाल्पाको जोर्तेमा पहिरोले पुरेको हो । जिपलाई ठूला ठूला ढुंगाले पुरेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
Related
Recent News
- शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले नयाँ भवन बनाउन जग्गा प्राप्त गर्नको लागि गरेका कार्यहरु
- अल नासरमा सम्झौता नवीकरण गर्दै रोनाल्डो
- तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्युः विश्व स्वास्थ्य सङ्गठन
- सरकार ढल्ने निराधार हल्ला भ्रम मात्रै हो : प्रधानमन्त्री ओली
- चार सय किलोबढी रक्तचन्दन सहित दुई जना पक्राउ
- विपक्षी दलको साझा धारणा बनाउने जिम्मा वर्षमान र वेदुरामलाई
- एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ
- सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
- सिंहदरबारमा विपक्षी दलको बैठक- तत्काल संसद बोलाउन दबाब दिने निर्णय
- भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिऔँ : उपप्रमुख डंगोल
प्रतिकृया