एमालेका नेताहरु चढेको जहाजमा समस्या, जनकपुर अवतरण नगरी काठमाडौं फर्कियो

प्रकाशित मिति

२०८० भाद्र १३ गते, बुधबार १०:३६

buddha

भदौ १३, २०८० काठमाडौँ: काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एअरको जहाज अवतरण नगरिकनै काठमाडौं फिर्ता भएको छ । जहाजमा नेकपा एमालेका शीर्ष नेताहरु सवार थिए । सिरहामा हुने सचिवालय बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, बिष्णु पौडेल, अष्टशाक्य, उपमहासचिव बिष्णु रिमाल, नेता अमृत बोहरालगायत जहाजमार्फत जनकपुर जाँदै थिए ।


जहाजमा अटो पाइलट सम्बन्धि समस्या देखिएकाले अवतरण हुन नसकेर फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपाल भ्युजलाई जानकारी दिएको छ ।


जहाज जनकपुर नजिकै पुगेपछि केहि समस्या देखिएको भन्दै काठमाडौं फिर्ता भएको छ । नेताहरु अर्को जहाजमा जनकपुर जाने तयारीमा रहेका छन् ।

प्रतिकृया