लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे
प्रकाशित मिति
२०८० भाद्र १३ गते, बुधबार १०:४७
भदौ १३, २०८० काठमाडौँ: माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानी कर्तालाई लाभांश विगतरण गर्ने भएको छ । गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने पहिलो बैंक बन्दै यसले लगानीकर्तालाई १४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
कम्पनीको भदौ १३ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफा बाट १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले प्रस्ताव गरेको लाभांश नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ । अघिल्लो वर्ष पुँजी कोष पर्याप्त नभएको कारण बैंकले सेयरधनीलाई लाभांश वितरण गर्न पाएको थिएन ।
Related
Recent News
- चार उपाध्यक्षसहित बहुमत केन्द्रीय कमिटी वामदेवबाट छुट्टियो, माओवादीसँग एकताको लागि समिति गठन
- गंगाजल छर्केर शहीदको शालिक शुद्धिकरण गरियो
- दोहोरो अंकले बढ्यो नेप्से, कारोबार सवा ६ अर्ब माथि
- हमासद्वारा आइतबार रिहा हुने तीन बन्धककोे नाम सार्वजनिक
- नेतान्याहूको चेतावनी- हमासले रिहा गर्ने बन्धकको नाम नदिएसम्म युद्धविराम हुदैन
- सरकारको ऋण २५ खर्ब ३६ अर्ब
- सैफ अली खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ
- ग्लोबल आइएमई बैंक र सिस्नुपानी नेपालको सहकार्यमा ‘दुई थोपा हाँसो’ सहित वित्तीय सचेतना कार्यक्रम सम्पन्न
- रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा मुद्धा दायर
- रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रतिकृया