• २० असोज २०८३, मंगलबार
  • १२ः४४ दिउँसो

बैकुुण्ठ हरि श्रेष्ठ स्मृति प्रतिष्ठानको नबौं साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०८० भाद्र १२ गते, मंगलवार १०:५५

भदौ १२, २०८० काठमाडौँ: मध्यपुर थिमि “जनवाद लागु गरौं, व्यक्तिवादको विरोध गरौं” भन्ने नाराका साथ मध्यपुर थिमिका समाजसेवी बैकुण्ठहरि श्रेष्ठको स्मृतिमा स्थापित बैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानको नवौं साधारण सभा आदर्श माध्यमिक विद्यँलय लाय्कू, थिमिमा यही भाद्र २ गते सम्पन्न भएको छ ।

National Life

प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ अध्यक्षतामा सञ्चालन भएको सो साधारण सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नु हु“दै श्री श्रेष्ठले “आज देशको सरकारमा रहेका र नरहेका राजनैतिक व्यक्ति र नेताहरु देश र जनताभन्दा निजि स्वार्थको लागि बढि महत्व दिएर अगाडि बढिरहेको अवस्थामा यस प्रतिष्ठानले अगाडि सारेको “जनवाद लागु गरौं, ब्यक्तिबादको बिरोध गरौं ।” नारा अझ सान्दर्भिक र औचित्यपूर्ण रहेको साबित भएको छ । यसर्थ हामीले आफूलाई ब्यक्तिवादी जीवनशैलीलाई परिवर्तन गरी सामुहिक हितलाई महत्व दिई काम गर्ने गरौं । अब ढिलो नगरौं । शुरु आफैबाट गरौं ।” भन्नुभयो ।


बैकुण्ठ हरि श्रेष्ठसंगको संस्मरण अभिव्यक्त गर्ने क्रममा समाजसेवी हरिवहादुर केसीले बैकुण्ठ हरि श्रेष्ठले आफूलाई मानव भएर बा“च्न प्रेरणा दिनुभएको स्मरण गर्नु भयो । आप्mनो लागि जनावरमात्र बा“च्छ तर मानिस आप्mनो लागि मात्र नभई समाजको लागि बा“च्छ भन्ने कुरा आफुले बैकुण्ठ हरि श्रेष्ठबाट प्रेरणा पाएको बताउनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसै गरी आफ्नो संस्मरण मन्तव्य दिनुहु“दै समाजसेवी रमेश प्रजापतिले बैकुण्ठहरि श्रेष्ठ समाजसेवी, राजनीतिक चेतनाका संवाहक, नेपाल भाषा आन्दोलनका प्रेरक व्यक्तिका साथै शैक्षिक जागरणका अगुवा भएको बताउनु भयो ।


प्रतिष्ठानका कार्यसमिति सदस्य हरिवहादुर श्रेष्ठले आप्mनो स्वागत मन्तव्यको क्रममा “आफ्नो लागि सबै बा“च्छ । तर जो मानिस सबैको लागि बा“च्छ उ युगौं युग बा“च्छ ।” भन्नुहुदैं व्यक्तिबादी चिन्तनकै कारण अहिले भ्रष्टाचारले व्यापकता पाएको बताउनु हु“दै भ्रटाचारीलाई समाजबाट वहिस्कार गर्ने सके जनवादी भावना जागृत हुने कुरा बताउनु भयो । बैकुण्ठहरि श्रेष्ठले जनवाद स्थापनाकै लागि आप्mनो जीवन उत्सर्ग गरेको गर्नुभएको, जीवनभर शैक्षिक, राजनीतिक रुपमा उत्पिडित जनताको अधिकारको स्थापिना गर्नको लागि संघर्ष गरेको बताउनु भयो ।


सोही साधारण सभाले श्री श्यामकृष्ण श्रेष्ठकै अध्यक्षता पुरानै कार्यसमितिलाई केही परिमार्जन गर्दै पुनर्गठन गरियो । अब बनेको कार्यसमितिमा अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, उपाध्यक्ष गणेशकुमार श्रेष्ठ, सचिव कृष्णमोहन जोशी, कोषाध्यक्ष दामोदर श्रेष्ठ, सदस्यहरुमा हरिवहादुर श्रेष्ठ, जगतबहादुर श्रेष्ठ, चण्डिका श्रेष्ठ, लक्ष्मीशोभा श्रेष्ठ, र समाजसेवी सुरोजकुमार श्रेष्ठलाई थप गरिएको अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताउनु भयो ।

प्रतिकृया