• २० असोज २०८३, मंगलबार
  • ३ः१९ दिउँसो

सानिमा रिलायन्सका एजेन्सी म्यानेजरहरु विस्वव्यापी सम्मेलनमा भागलिन सिंगापुर प्रस्थान

प्रकाशित मिति

२०८० भाद्र १२ गते, मंगलवार १०:४९

भदौ १२, २०८० काठमाडौँ : सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्स लि. बाट आ. व. २०७९/८० मा उत्कृस्ट जीवनबीमा व्यवसाय गरेर MDRT हासिल गर्न सफल ६ जना एजेन्सी म्यानेजरहरु सिंगापुरमा सञ्चालन हुने विस्वव्यापी सम्मेलनमा भागलिन नेपालबाट प्रस्थान गरेका छन् ।

National Life

सम्मेलनमा भाग लिन जानेमा अभिकर्ताहरु नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट रहेका छन्। कम्पनीले एक कार्यक्रमको आयोजना गरेर सम्पूर्ण MDRT हासिल गर्न सफल अभिकर्ताहरुलाई भव्यताका साथ बिदाई समेत गरेको छ ।


एम डि आर टि भनेको अभिकर्ताहरुको विस्वव्यापी संजालहो जसमा भाग लिनको लागि जनवरी देखि डिसेम्बर सम्म तोकिएको बीमा शुल्क संकलन गर्नुपर्ने हुन्छ । यस संस्थामा हाल सम्म ७२ देशका ५०० कम्पनी आबद्ध भएका छन् । बीमा अवधि र बीमाको किसिम लगायत विभिन्न मापदण्ड मार्फत उक्त रकम हासिल गर्न सफल भएपछि मात्र कार्यक्रममा भाग लिन पाउने व्यवस्था रहेको हुन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सन् २०२२ का लागि नेपाललबाट MDRT मा भागलिनको लागि ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नु पर्ने लक्ष्य रहेको थियो । सिओटीका लागि भने १ करोड १३ लाख ७६ हजार रुपैयाँ र टिओटीका लागि २ करोड २७ लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नु पर्ने प्रावधान रहेको थियो ।


यस संस्थाको लक्ष्यहासिल गर्नुलाई हरेक अभिकर्ताको प्रतिष्ठाको विषयको रुपमा लिइन्छ । अभिकर्ताहरुको क्षमता अभिवृद्धिका लागि यस संस्थाको सम्मेलन महत्वपूर्ण मानिन्छ । नेतृत्वविकास र क्षमता अभिबृद्धिका लागि एमडीआरटीलाई उत्कृष्ट अन्तर्राष्ट्रिय प्लेटफर्मको रुपमा रहेको हुँदा सम्पूर्ण सफलअभिकर्ताहरु प्रतिकम्पनी आभार व्यक्त गरेका छन् ।

प्रतिकृया