• १५ असोज २०८३, बिहीबार
  • २ः०५ दिउँसो

एनसेलले सदरमुकाम खलङ्गा लगायतका स्थानीयहरू उच्चगतिको फोरजी सेवाबाट लाभान्वित हुँदै

प्रकाशित मिति

२०८० भाद्र ४ गते, सोमबार ०५:११

भदौ ४, २०८० काठमाडौँ: एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवाविस्तार गर्दै आधुनिक मोबाइल ब्रोड ब्यान्ड कनेक्टिभिटीमा सबैलाई पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिमपश्चिम नेपालको कर्णालीप्रदेशको दुर्गम जिल्ला जुम्लामा आफ्नो फोरजी सेवा पुर्याएको छ ।

National Life

एनसेलले जिल्लाको चन्दननाथ नगरपालिका, तिलागाउँपालिका र तातोपानी गाउँपालिकामा एक–एक गरी तीनवटा नयाँ टावर जडान गरेको छ । मोबाइल ब्रोड ब्यान्ड र भ्वाइस सेवाको पहुँचबाट जिल्ला सदरमुकाम खलङ्गा लगायतका स्थानीयहरू पहिले नै लाभान्वित भइरहेका छन् । यस अघि कम्पनीले भी–स्याट प्रविधिबाट जुम्लामा आधार भूत मोबाइल सेवा उपलब्ध गराउँदै आएको थियो ।


एनसेलले चन्दननाथ नगरपालि, तिला गाउँपालिका र तातोपानी गाउँपालिकामा फोरजी विस्तार गरेपछि फोरजी सेवाको पहुँच अर्थात कभरेज पनि कुल जनसंख्याको ९१.३९ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा देशैभर स्थापना गरिएका नयाँ टावरहरुले फोरजी सेवामा पहुँच वृद्धि र सेवा विस्तारमा योगदान दिएको पुर्याएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कयुमोभले भने, “हाम्रो ध्यान कनेक्टिभिटी र प्रविधिले ल्याउने अवसरहरू सँग उपभोक्ताहरूलाई जोड्न प्रभावकारी दूरसञ्चार सञ्जाल निर्माणमा केन्द्रित छ। सरकारको डिजिटल नेपाल भिजनमा पनि योगदान गर्दै विकट जिल्ला जुम्लाका जनताका लागि फोरजी सेवा उपलब्ध गराउन पाएकोमा हामी खुसी छौं। हामीले फोरजीलाई उच्च प्राथमिकतामा राखेका छौं किनभने यो प्रविधिले गुणस्तरीय भ्वाइसका साथै उच्चगतिको मोबाइल ब्रोड ब्यान्ड दुवै सेवा उपलब्ध गराउँछ ।”


आधुनिक प्रविधि र नेटवर्क मार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम ग्राहकहरूलाई उच्चगतिको मोबाइल ब्रोड ब्यान्डमा पहुँच सुनिश्चित गर्दै एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजीसेवासुरु गरेको थियो ।गतआर्थिक वर्ष २०७९/८०मा मात्रै एनसेलले देशका विभिन्न भागमा ३ सय ३८ नयाँ साइट स्थापना गरेको थियो । त्यसैगरी, एनसेलले ६० भन्दा बढी जिल्लाका झण्डै १ हजार ४५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको छ ।


फोरजी प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्चगतिको इन्टरनेट सेवा उपलब्धहुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्छन् ।


ग्राहकहरुलाई फोरजी अन्तर्गत उच्चगतिको मोबाइल ब्रोडब्याण्ड र भ्वाइस ओभर लङ्ग टर्म इभोलुसन (भोल्टे) सेवामापहुँच सुनिश्चित गर्न देशभरी एनसेलको ४,००० भन्दा बढि फोरजी टावरहरु संचालनमा रहेका छन् । फोरजी नेटवर्कको विस्तार र क्षमता अभिवृद्धिले मोबाइल ब्रोडब्यान्ड सेवामा पहुँच बढाएर सरकारको डिजिटल नेपालफ्रेमवर्कको आकांक्षाहरू पूरा गर्न योगदान पुर्याउँछ ।

प्रतिकृया