• 11:16 am

भक्तपुरको सुधार गृहबाट भागे एक सय बढी बालबालिका

प्रकाशित मिति

२०८० भाद्र ४ गते, सोमबार ०४:३६

भदौ ४, २०८० काठमाडौँ: भक्तपुरमा रहेको बाल सुधार केन्द्रबाट एक सय बढी बालबालिका भागेका छन् । हिजो एक नाबालक बन्दीको मृत्यु भएपछि अवस्था तनाव ग्रस्त बनेको मौका छोपी उनीहरु फरार भएका हुन् ।


सुधार गृहमा २९६ जना नाबालक बन्दी रहेकामा अहिले प्रहरीको नियन्त्रणमै ४२ जना बालिका र ३३ जना रहेका छन् । अन्य १२ जनाको अस्पतालमा उपचार भइरहेको छ । बाँकी फरारहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए ।


भागेका व्यक्तिलाई नियन्त्रणमा लिन उपत्यकाका ३ वटै जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ । २०० भन्दा बढी व्यक्ति सुधारगृहबाट भागेका छन् ।

प्रतिकृया