• २४ भदौ २०८३, बुधबार
  • ८ः१४ राती

राष्ट्रिय सभा बैठककाे शून्य समयमा कसले के भने ?

प्रकाशित मिति

२०८० असार १९ गते, मंगलवार ०३:२५

१९ असार २०८०, काठमाडौँ : राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालको कुनै समय आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह दिल्ली गएको भन्ने अभिव्यक्ति आपत्तिजनक रहेको बताएकी छन्।

National Life

मंगलबारको राष्ट्रिय सभा बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले प्रधानमन्त्री दाहालको सो अभिव्यक्ति स्वतन्त्र र सार्वभौमसम्पन्न नेपालीका लागि आपत्तिजनक रहेको बताएकी हुन्। उनले प्रधानमन्त्रीको कुर्सिमा बसेर राष्ट्रिय स्वाभिमानमा आँच पुर्‍याउने अभिव्यक्ति दिन कसैलाई छुट नभएको बताइन्। उनले यो अभिव्यक्ति फिर्ता लिँदै संसद्समक्ष आएर स्पष्ट पार्न माग गरिन्।


यस्तै, राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले पूर्वी नवलपरासीका पाँच वटा गाँउपालिकामा बाढी, पहिरोका कारण विगत केही दिनदेखि सडक अवरुद्ध भएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले विद्यालय कर्मचारीहरुको माग तत्काल सम्बोधन गर्न माग गरे। त्यस्तै, सन् २०१९ देखि त्रिभुवन विश्वविद्यालयले सिएको समकक्षताको प्रमाणपत्र नदिँदा सीएहरु अलपत्र परेका भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।


त्यस्तै, राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले कैलालीस्थित शत्ति भन्सार कार्यालयमा तत्काल क्वारेन्टाइनको स्थापना गर्न माग गरे।


राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले तनहुँको बुद्धसिंह मार्गमा कालोपत्रे गर्न र पक्की पुल निर्माण गर्न सरकारसँग माग गरिन्।


राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले धान रोपाइँ चलिरहेको यो बेलामा किसानले युरिया र डिएपी मल नपाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।


राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले बाढी, पहिरोबाट हुने जोखिमको रोकथामका लागि सरकारले बेलैमा ध्यान दिनुपर्ने बताइन्।


यस्तै, राष्ट्रिय सभा सदस्य विमला घिमिरेले नारायणघाट–मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध हुने गरेको र यात्रा कष्टकर हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।


राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंहले सप्तरीको बेलीही भन्सारमा क्वारेन्टाइन चेकपोष्ट राख्न माग गरे।


राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले जुम्लामा अन्तरजातिय विवाह गरेवापत मुकुन्द नेपालीको घरमा आगजनी भएको भन्दै दोषीउपर कडाभन्दा कडा कारबाही गर्न माग गरिन्।


उनले पोखरामा महिला प्रहरीमाथि नाजायज म्यासेज पठाएर हिंसा गर्ने प्रहरीलाई पनि कारबाही गर्न माग गरिन्।

प्रतिकृया