• २५ भदौ २०८३, बिहीबार
  • ५ः४३ बेलुका

आन्तरिक हवाइ भाडा घट्यो

प्रकाशित मिति

२०८० असार १९ गते, मंगलवार ०३:५८

१९ असार २०८०, काठमाडौँ : नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि बुधबारबाट लागू हुने गरी आन्तरिक हवाइ भाडादर घटेको छ।

National Life

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रूपैयाँ घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित वायुसेवालाई बुधबारदेखि लागू हुने गरी भाडादर घटाउन निर्देशन दिएको हाे।


यससँगै काठमाडौं–भद्रपुर भाडा चार सय २० रूपैयाँले घटेको छ। त्यसैगरी, काठमाडौं–भैरहवाको भाडादर हालको भन्दा २८५ रूपैयाँले घटाइएको हो। काठमाडौंंबाट माउन्टेन फ्लाइट ४८५, भद्रपुर ४२०, विराटनगर ३३५, जनकपुर १८०, भरतपुर १५०, पोखरा २२५, भैरहवा २८५, नेपालगञ्ज ४५५, तुम्लिङटार २६०९ र सिमराका लागि १२५ रुपैयाँ कम भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया