• ११ असोज २०८३, आइतबार
  • ७ः४० बेलुका

तीनदिनसम्म काठमाडौंमा चलेको एसियाली बीमा सम्मेलन सम्पन्न

प्रकाशित मिति

२०८० जेष्ठ २८ गते, आईतवार ०१:१६

२८ जेठ २०८०, काठमाडौँ: नेपाल बीमा प्राधिकरणबाट आयोजित एसियाली बीमा सम्मेलन सम्पन्न भएको छ । तीन दिनसम्म काठमाडौंमा चलेको सम्मेलनमा नेपालसहित विभिन्न २० देशका बीमा क्षेत्रका नियामक निकायहरूका पदाधिकारीहरू, बीमा क्षेत्रसँग सम्बन्धित निकायका पदाधिकारी, बीमा कम्पनी, पुनर्बीमा कम्पनी, लघुबीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमाङ्की, बीमा ब्रोकर, बीमा विज्ञ र विभिन्न बीमा सेवा प्रदायक सङ्घ संस्थाका पदाधिकारीहरू सहभागि थिए ।

National Life

सम्मेलन समापन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सम्मेलनबाट विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, बीमक, पुनर्बीमक, बीमा मध्यस्थकर्ता र बीमा क्षेत्रका विज्ञहरू एउटै छातामुनी रहेर बीमा क्षेत्रका नयाँ नयाँ जोखिम र जोखिम न्यूनीकरणका विषयमा छलफल एवम् अन्तरक्रिया तथा आपसी अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त भएको बताए ।


अध्यक्ष सिलवालले जलवायु परिवर्तनका कारण चुनौतीहरू मात्र आउने नभई यसबाट बीमा क्षेत्रमा अवसरहरू समेत सिर्जना हुने भएकाले अवसरबाट लाभ लिनका लागि सम्वद्ध सबैले सामूहिकरूपमा कार्य गर्नुपर्ने आवश्यकता औंल्याए ।

Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्ष सिलवालले जोखिम व्यवस्थापन, बीमा क्षेत्रमा नवीनतम् प्रविधि र डिजिटल प्रणालीको महत्व, बीमाको पहुँच वृद्धि, नियामक निकायको क्षमता अभिवृद्धि लगायतका विषयमा भएका प्रस्तुती, छलफल एवम् अन्तरक्रियाहरू उपलब्धीमूलक भएको बताए ।


अध्यक्ष सिलवालले बीमा पर्यवेक्षकहरूको अन्तर्राष्ट्रिय संघ (आइएआइएस), एसियाली विकास बैंक र एक्सीस टु इन्सुरेन्स इनएक्टीभ (एटुआइआइ) को निरन्तरको सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा विभिन्न देशको आवश्यकताका आधारमा सहयोगले विस्तारितरूपमा निरन्तरता पाउने विश्वास व्यक्त गरे ।


यही जेठ २५ गतेदेखि २७ गतेसम्म भएको सम्मेलनमा बीमा क्षेत्रका नयाँ-नयाँ जोखिम, जोखिम व्यवस्थापन, जोखिम व्यवस्थापनमा नियामक निकायको भूमिका, बीमा व्यवसायको विविधता, स्वच्छता र समावेशिता, नवीनतम् प्रविधि तथा डिजिटल प्रणालीको प्रयोग, बीमाको पहुँच वृद्धि, नियामक निकायहरूबीच सम्बन्ध सुदढीकरण तथा साझेदारी, जोखिममा आधारित पूँजी, कृषि बीमा लगायतका विषयहरूमा कार्यपत्र प्रस्तुती, छलफल एवम् अन्तरक्रियाहरू भएका थिए ।

प्रतिकृया