• ७ भदौ २०८३, सोमबार
  • १०:४१ बिहान

एनआरएनए र गृहमन्त्रीबीच भेट, निर्देशिका र कार्यविधि बनाई छिट्टै नागरिकता विधेयक कार्यन्वयनमा ल्याउने प्रतिबद्धता

प्रकाशित मिति

२०८० जेष्ठ २३ गते, मंगलवार ०५:०२

२३ जेठ २०८०, काठमाडौँ : गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरी ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण गरेकोप्रति धन्यवाद व्यक्त गरेको छ ।


उपाध्यक्ष आर के शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गैरआवासीय नेपालीले सन् २००३ देखि उठाएको मुद्दा सम्बोधनका भएकोप्रति धन्यवाद व्यक्त गरेको हो । गैरआवासीय नेपालीलाई मताधिकारको प्रत्याभूतिको लागि नीति तथा कार्यक्रम मार्फत सम्बोधन गरेकोमा धन्यवाद व्यक्त गर्दै कार्यान्वयनमा लैजानको लागि समेत प्रतिनिधि मण्डलले गृहमन्त्री समक्ष अनुरोध गरेको छ ।

Kamana Sewa

सो अवसरमा संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नागरिकता विधेयक प्रमाणिकरण लाई युगकै सुन्दर उपहारको संज्ञा दिनुभयो । नागरिकता सम्बन्धी कार्यविधि तथा नियमावली बनाउने कार्य यथाशक्य छिटो अघि बढाउन र त्यसमा गैरआवासीय नेपालीको तर्फबाट समेत प्रतिनिधि समेट्न डा महतोले गृहमन्त्री श्रेष्ठमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउनुभयो ।

Classic Tech Desktop

संघका उपाध्यक्ष आर के शर्माले ओमानमा यही जून २८ देखि ३० तारिखसम्म हुने मध्य पूर्वी क्षेत्रीय सम्मेलनका लागि गृहमन्त्रीलाई आमन्त्रण गर्दै श्रमिकका हक हित र अधिकारका लागि नेपाल सरकारले थप जिम्मेवारी बोध गर्नुपर्नेमा जोड
दिनुभयो। जवाफमा गृहमन्त्री श्रेष्ठले नागरिकता सम्बन्धी कार्यविधि तथा नियमावली बनाउने कार्यका लागि निर्देशन दिइसकेको र छिट्टै उक्त काम पूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । गैरआवासीय नेपालीले उठाउँदै आएको मताधिकारको विषय नीति तथा कार्यक्रम मार्फत सम्बोधन भइसकेको भन्दै गृहमन्त्री श्रेष्ठले विदेशमा बस्ने मताधिकार प्राप्त नेपालीको सूची संकलनका लागि आफैं तदारुकताका साथ अघि बढ्ने उहाँको भनाई थियो ।


भेटमा गैरआवासीय नेपालीहरुको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको वातावरण, श्रमिक र उनीहरुको हक अधिकार लगायतका विषयमा कुराकानी भएको थियो । भेटका क्रममा उपाध्यक्ष आर. के शर्मा, संस्थापक भीम उदास, टि. बि कार्की (पुर्व उपाध्यक्ष), गोविन्द प्रसाद गौतम (सचिव), अब्दुल वासिद (युवा संयोजक), लोक तिवारी (युएसए) , भिमसेन थापा (पोर्चुगल), बन्दना शर्मा (कतार), रुद्र शर्मा (दक्षिण कोरिया), सरोज दाहाल र रवि किरण अधिकारी (प्रमुख कार्यकारी अधिकृत) लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया