• २६ जेठ २०८३, मंगलबार
  • ४:४३ बिहान

सरकार र मन्त्रालयबीच समन्वय नहुँदा एकै सडक वर्षमा ४ पटकसम्म भत्काइयाे : सांसद प्रदीप पौडेल

प्रकाशित मिति

२०८० बैशाख २६ गते, मंगलवार ०४:३७

२६ वैशाख २०८०, काठमाडौँ : नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौंका अधिकांश सडक अलपत्र रहेको बताएका छन्। बिजुलीका तार भूमिगत गर्ने र खानेपानीका पाइप बिच्छाउने नाममा सडक बारम्बार भत्काउने परेको बताए ।


प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले ‘काठमाडौंकै धेरैजसो सडक अलपत्र छ। खानेपानीका पाइप बिच्छाउने र बिजुलीका तार भूमिगत गर्ने नाममा सडक भत्काइएको छ।’उनले वर्खाअघि नै ती सडक मर्मत गरिसक्न सरकारलाई अनुरोध गरेका छन्।

Kamana Sewa

‘सरकारका मन्त्रालयहरूबीच समन्वय नहुँदा एकै सडक वर्षमा ४ पटकसम्म भत्काइएको छ। सरकारको काम सडक भत्काउने मात्र हो?,’ उनले प्रश्न गरे। स्थानीय र प्रदेश सरकारसँग केन्द्र सरकारले समन्वय गरी सडक मर्मत गर्नुपर्ने पनि उनले बताए।

Classic Tech Desktop

प्रतिकृया