• १० असोज २०८३, शनिबार
  • ९ः४९ राती

एसिसी प्रिमियरकपको सेमिफाइनलमा नेपाल कुवेतसँग भिड्दै

प्रकाशित मिति

२०८० बैशाख १६ गते, शनिबार ०७:४७

१६ वैशाख २०८०, काठमाडौँ: आज एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल कुवेतसँग प्रतिस्पर्धा गर्दैछ। टियू क्रिकेट मैदानमा आज बिहान ९ बजे सुरू हुने खेलमा घरेलु टोली कुवेतलाई हराउँदै आफ्नो अपराजित यात्रा जारी राख्ने ध्याउन्नमा मैदानमा उत्रने छ।

National Life

समूह ‘ए’को विजेता नेपाल र समूह ‘बी’को उपविजेता कुवेतबीचको विजेताले शनिबारनै मुलपानि मैदानमा हुने तय भएको युएई र ओमानबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।


जारी प्रतियोगितामा राम्रो लयमा रहेको कुवेत समूहमा जित्नै पर्ने दबाबमा रहेको खेलमा हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। उक्त खेलमा कुवेतले मुलपानी मैदानमा २ सय ७२ रन बनाएको थियो। त्यसैले कुवेत पुन एकपटक आफ्नो उच्च लय बलियो मानिएको नेपालविरुद्ध देखाउने ध्याउनमा रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालले कुवेतसँग ५० ओभरको खेलमा ११ वर्षपछि प्रतिस्पर्धा गर्दैछ। पछिल्लो पटक २०१२ मा एसिसी इलिट ट्रफीमा एकअर्काविरुद्ध भिडेका नेपाल र कुवेत अर्को महत्वपूर्ण इभेन्टमा प्रतिस्पर्धा गर्न लागेका हुन्। ११ वर्षअघि पारस खड्काको सतकका बाबजुत नेपाल कुवेतसँग ४ विकेटले पराजित भएको थियो।

प्रतिकृया