• १२ असोज २०८३, सोमबार
  • १ः५९ राती

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक पाए विश्वासको मत

प्रकाशित मिति

२०८० बैशाख १५ गते, शुक्रबार ०६:११

१५ वैशाख २०८०, काठमाडौँ: कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत पाएका छन्। शुक्रबार बसेको संसद बैठकबाट मुख्यमन्त्री शर्मालाई २९ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका छन्।

National Life

उनले आफ्नो दल नेकपा (माओवादी केन्द्र)का १३, नेपाली कांग्रेसका १४, नेकपा (एकीकृत समाजवादी) का १ र स्वतन्त्र १ जना सांसदको विश्वासको मत पाएका हुन्।


यसअघि सत्तामा रहेको नेकपा (एमाले) अबदेखि प्रमुख प्रतिपक्षी बनेको छ। राप्रपा पनि प्रतिपक्षीका रूपमा रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

२०७९ पुस २७ गते नियुक्त भएका मुख्यमन्त्री शर्माले माघ ६ गते पहिलो पटक विश्वासको मत लिएका थिए। त्यतिबेला उनलाई सभामुखबाहेक नेकपा एमालेका ९, माओवादीका १३, राप्रपाका १, नेकपा (एस) का १ जना र स्वतन्त्र १ जना सांसद गरी २५ जनाले विश्वासको मत दिएका थिए।

तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि उनले शुक्रबार तेस्रो पटक विश्वासको मत लिनु परेको हो।


यस्तै सुरूमा सरकारलाई समर्थन गरेको राप्रपाले फागुन १८ गते समर्थन फिर्ता लिएको थियो। त्यसपछि मुख्यमन्त्री शर्माले चैत १७ गते दोस्रो पटक विश्वासको मत लिएका थिए। त्यसबेला राप्रपाका एक जना सांसद र सभामुखबाहेक प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका ३८ जना सांसदले उनलाई विश्वासको मत दिएका थिए।

प्रतिकृया