• १० असोज २०८३, शनिबार
  • १०ः२४ राती

संयुक्त राष्ट्रसङ्घीय स्थायी मञ्चको २२औँ अधिवेशनमा आदिवासी जनजाति आयोगका अध्यक्षद्वारा सम्बोधन

प्रकाशित मिति

२०८० बैशाख १६ गते, शनिबार ०८:०२

१६ वैशाख २०८०, काठमाडौँ: संयुक्त राष्ट्रको स्थायी मञ्चको २२औँ अधिवेशनमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी मामिलासम्बन्धी सम्बोधन गरेका छन् । संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित अधिवेशनमा नेपाललाई प्रतिनिधित्व गर्दै आयोगका अध्यक्ष मगरले सम्बोधन गरेका हुन् ।

National Life

सम्बोधनका क्रममा अध्यक्ष मगरले पर्याप्त स्रोतसाधनको अभावमा आदिवासी जनजातिको अधिकारलाई व्यवहारमा उतार्न चुनौती सामना गर्नुपरेको धारणा राखेका छन् । अध्यक्ष मगरले आदिवासीको ज्ञान प्रणाली दिगो विकास एकर्कामा जोडिएको भन्दै आदिवासी ज्ञान र सीपको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।


नेपाल अन्तर्राष्ट्रिय श्रम सङ्गठन पक्ष राष्ट्र रहेको भन्दै महासम्धी नम्बर १६९ अनुरूप संयुक्त राष्ट्रसंघद्वारा घोषित आदिवासीको अधिकारको प्रवर्द्धन र रक्षा गर्न प्रतिबद्ध रहेको बताए । अध्यक्ष मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकल सेल एनिमिया’ रोगको समस्यासमेत संयुक्त राष्ट्रसंघको मञ्चमा उठाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

विश्वका आदिवासी समुदाय प्रभावित भएजस्तै नेपालका थारु समुदाय ‘सिकल सेल एनिमिया’बाट प्रभावित रहेको भन्दै संयुक्त राष्ट्रसङ्घीय स्थायी मञ्चले यो विषयमा सोच्नुपर्ने बताएका छन् । यसै अधिवेशनलाई केही दिन अगाडि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले पनि सम्बोधन गरेका थिए ।एजेन्सी

प्रतिकृया