• ३० साउन २०८३, शनिबार
  • १०:१८ बिहान

सुडानमा फसेका विदेशी कुटनीतिज्ञ तथा नागरिककको उद्धार सुरू

प्रकाशित मिति

२०८० बैशाख १० गते, आईतवार ०३:००

१० वैशाख २०८०, एजेन्सी : अफ्रिकी मुलुक सुडानमा द्वन्द्व चर्किएपछि विश्वका विभिन्न देशले आफ्ना नागरिकहरुलाई त्यहाँबाट बाहिर निकाल्न थालेका छन् । अमेरिकी सेनाले सुडानको राजधानी खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई बाहिर निकालेको सुडानको अर्धसैनिक बल ‘-यापिड सपोर्ट फोर्स’ (आरएसएफ) ले जनाएको छ ।


आइतबार बिहान अमेरिकी सेनाका ६ वटा विमानहरू मार्फत उनीहरुलाई सुरक्षित तबरले बाहिर निकालिएको हो । त्यस काममा अमेरिकी सेनालाई आफुहरुले सहयोग तथा समन्वय गरेको आर.एस.एफ.को दाबी छ । ६ वटा विमानमा कति जनालाई एयरलिफ्ट गरिएको थियो भन्ने खुलाइएको छैन ।

Kamana Sewa

सुडानको राजधानी खार्तुममा गत हप्तादेखि हिंसा भड्किएपछि विदेशी नागरिकको यो दोस्रो स्थानान्तरण हो । यसअघि शनिबार मात्रै समुद्री मार्ग हुँदै १५० जना विदेशी नागरिक सुडानबाट साउदी अरबियाको जेद्दाह पुगेका थिए ।

Classic Tech Desktop

अमेरिकाले अब खार्तुममा रहेको आफ्नो दूतावास बन्द गरेको स्रोतहरुको दाबी छ ।

प्रतिकृया