• 11:26 am

त्रिभुवन विमानस्थलको सञ्चार उपकरणमा समस्या हुँदा रोकिए उडान र अवतरण 

प्रकाशित मिति

२०८० बैशाख १० गते, आईतवार ०४:०८

१० वैशाख २०८०, काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आउँदा उडान प्रभावित भएको छ । विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमानस्थल टावर र पाइलटबीचको सञ्चारमा समस्या देखिएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ एक घण्टादेखि उडान प्रभावित भएको हो ।


अहिले आकाशमा भएका जहाजलाई अवतरण गराउने काम भएपनि उडानमा भने अनुमति नदिएको उनले बताए । ‘जहाज अवतरणमा समस्या छैन । समस्या आउनुअघि नै उडिसकेका जहाजहरूलाई अवतरण गराइरहेका छौं,’ प्रवक्ता सिटौलाले भने, ‘उडान भने रोकिएको छ । ग्राउन्डमा भएका जहजहरूलाई पनि रिलिज गरिएको छैन ।’


साथै, प्राविधिक टोलीले हाल समस्या समाधानको काम गरिरहेको प्रवक्ता सिटौलाले बताए ।

प्रतिकृया