• ११ असोज २०८३, आइतबार
  • १ः५८ दिउँसो

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रकाशित मिति

२०७९ चैत्र १२ गते, आईतवार ०८:२०

चैत १२, २०७९, काठमाडौँ: संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक आइतबार बस्दै छ। बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ ।

National Life

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।


सचिवालयलका अनुसार प्रधानमन्त्रीले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी, बैठकमा नेपाली कांग्रेसबाट संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित गणेशप्रसाद विमलीको यही चैत ७ गते भएको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रतिकृया