• 1:49 pm

प्रभु बैंक लिमिटेडले “ग्लोबल मनीवींक”कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई बैंकिङ्ग ज्ञान उपलब्ध

प्रकाशित मिति

२०७९ चैत्र १२ गते, आईतवार १०:०४

चैत १२, २०७९, काठमाडौँ: प्रभु बैंक लि. ले चैत ९ गतेका दिन ललितपुर जिल्ला स्थित प्रसादी एकेडेमी विद्यालयका कक्षा ११ मा अध्ययनरत १००जना विद्यार्थीहरुले बबरमहल स्थित बैंकको प्रधान कार्यालयमा दुई दिन अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता/ज्ञान हासिल प्राप्त गरेका छन् । बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन/सम्पादनहुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि १०० जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न ४ समुहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकनर विभागीय प्रमुखहरु सँग साक्षात्कार गराईएको थियो।


स्थलगत अवलोकनको पहीलो दिनको समापन समारोहमा विद्यार्थीहरु सँग अन्तर्क्रिया गर्नु हुँदै प्रभु बैंक लि. का सिनीयर नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र दोस्रो दिनको समापन समारोहमा प्रभु बैंक लि. का नायब प्रमुख कार्यकारी अधिकृत मनीराम पोखरेलले बैंक र बैंकद्धारा सम्पादन हुने सबै किसिमका कार्यहरुका बारेमा विद्यार्थीहरुले बुझने गरी प्रकाश पार्नु भएको थियो ।


उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु समेत प्रदान गर्नु भएको थियो । उक्त अवसरमा विद्यार्थीहरुले नायब प्रमुख कार्यकारी अधिकृतज्यूहरु समक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए । प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ । आगामी दिनहरुमाप्रभु बैंकले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययन विद्यार्थीहरुलाई विद्यालयतहको बैंकिङ्ग व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ्ग क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउन प्रतिबद्ध रहेको छ ।

प्रतिकृया