• २ असोज २०८३, शुक्रबार
  • ४ः१७ बेलुका

बेवारिसे भएपछि कर्मचारीले सिंहदरबारभित्रै गरे नाराजुलुस

प्रकाशित मिति

२०७६ श्रावण २४ गते, शुक्रबार ०८:०६

उपत्यकाभित्रकै स्थानीय तहहरुले हाजिर नगराएपछि समायोजन रोजेका १२० निजामति कर्मचारी बेवारिसे बनेका छन् । गत चैतमै समायोजनमा परेका कार्यालय सहयोगीदेखि १० औं तह (उपसचिव) सम्मका निजामती कर्मचारलिाई काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तहले पदस्थापना नगरेका हुन् ।

National Life

समायोजन भएको ठाउँमा जान नपाएपछि मन्त्रालय धाइरहेका कर्मचारीहरुले बिहीबार सिंहदरबारभित्रै केहीबेर धर्ना दिनुका साथै नाराजुलुस गरे । कर्मचारीले नाराजुलुस थालेपछि सहसचिव रुद्रसिंह तामाङले विवाद मिलाउने प्रतिबद्धता जनाएका थिए तर उधारो प्रतिबद्धता भन्दै कर्मचारीहरुले आन्दोलनलाई निरन्तरता दिने बताएका छन् ।
कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया