• ११ असोज २०८३, आइतबार
  • १ः०५ दिउँसो

अखिल (क्रान्तिकारी) ले सार्वजनिक गर्यो स्ववियु निर्वाचनको लागि घोषणापत्र, संगठनले राष्ट्र निर्माणको दायित्व बोक्ने अध्यक्ष सिंहको भनाई

प्रकाशित मिति

२०७९ चैत्र २ गते, बिहीबार ०५:४२

२ चैत्र २०७९, काठमाडौँ: नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लबमा अखिल क्रान्तिकारीले पत्रकार सम्मेलन गर्दै सो घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्र सार्वजनिक कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंह, घोषणापत्र लेखन समितिका संयोजक तथा उपाध्यक्ष नारायण खनाललागयतका नेताहरुको उपस्थिति रहेको थियो ।

National Life

कार्यक्रममा बोल्दै घोषणापत्र लेखन समितिका संयोजक तथा उपाध्यक्ष खनालले अखिल क्रान्तिकारीलाई विजय गराए शिक्षाको माग सम्बोधन गरिने विश्वास दिलाएका छन् । उनले नेपालको शिक्षा प्रमाणपत्र प्राप्त भएका मान्छेहरु उत्पादन गर्ने कारखानाको रुपमा रुपान्तरण भएको बताउँदै भने,‘अखिल क्रान्तिकारी विश्वविधालयलाई बेरोजगार उत्पादन गर्ने कारखानाबाट ज्ञान उत्पादन गर्ने केन्द्रकोरुपमा निर्माण गर्न चाहान्छ।’


यस्तै, अध्यक्ष पञ्चा सिंहले स्ववियु निर्वाचन विद्यार्थी नेतृत्वविहीनताको अवस्था अन्त्य गर्नका लागि स्ववियु निर्वाचन अखिल क्रान्तिकारीको संकल्पमा त्रिभुवन विश्वविधालय, नेपाल संस्कृत विश्वविधालय, मध्यपश्चिम विश्वविधालय र सुदूरपश्चिम विश्वविधालय गरी ४ ओटा विश्वविधालयमा अखिल क्रान्तिकारी प्रमुख प्रतिस्पर्धी रहेको बताइन्।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भनिन्,‘अनेरास्ववियु क्रान्तिकारी निःशुल्क शिक्षा चाहन्छ, शिक्षामा समानता चाहान्छ, प्रविधिमैत्री शिक्षा चाहान्छ, रोजगारमुलक शिक्षा चाहान्छ र विश्वविधालयलाई उत्कृष्टताको केन्द्रको रुपमा विकास गर्न चाहान्छ।’ उनले अनेरास्ववियु क्रान्तिकारीले शिक्षा क्षेत्रको आमुल परिवर्तनको दायित्वमात्र नभएर राष्ट्र निर्माणको दायित्वपनि बोक्ने दाबी गरिन्।


स्ववियु निर्वाचिनलाई महाअभियान र उत्सवको रुपमा लिएको बताउँदै अध्यक्ष सिंहले भनिन्,‘धाँधलिरहित र निश्पक्ष र मित्रवत् प्रतिस्पर्धा गर्नका लागि अनेरास्ववियू क्रान्तिकारी तत्पर छ।’


‘त्रिभुवन विश्वविधालयका हरेक विभागहरुका टपरहरुले दलको झण्डा नबोक्ने हो भने जागिर नपाउने, त्रिभुवन विश्वविधालयभित्र प्रवेश नपाउने, रोजगार नपाउनेखालका बेतिथी जे ढंगले निर्माण हुन खोजिरहेको छ’,सिंहले थपिन्,‘कुनै दलको झण्डा नबोकेको मान्छे, कुनै दलको सदस्यता नबोकेको मान्छे त्रिभुवन विश्विविधालयको उपकुलपति, रजिष्ट्रार, पदाधिकारी हुन नपाउने बेतिथीको कारणले गर्दा योग्यहरु आज पाखा लाग्ने, योग्यहरुले अर्को बाटो रोज्नुपर्ने खालको जे बिडम्बना छ, अखिल क्रान्तिकारी यसको अन्त्य चाहान्छ। यसको अन्त्यका लागि स्ववियू निर्वाचनको प्रकियामार्फत त्रिभुवनमा नीतिगतरुपले हस्तक्षेप गरेर हामीले विश्वविधालयलाई योग्यहरुको केन्द्र बनाउन चाहान्छौ।’


कार्यक्रममा बोल्दै सिंहले राणा शासनका विरुद्धमा, पञ्चायतका विरुद्धमा र राजतन्त्रको विरुद्धमा लड्ने युवा विधार्थीहरुले नै आज मुलुक कायापलट गरेको जीवित इतिहासपनि स्मरण गराईन् । उनले भनिन्,‘मुलुकमा नयाँ नेतृत्व निर्माणका लागि पुस्तान्तरणको बहसलाई ठिक ढंगले कार्यान्वयन गर्ने हो भने आज नवजवान युवाहरुलाई नेतृत्वमा ल्याउने यो वैधानिक बाटो हामीले कार्यान्वयन गर्नुपर्छ। हार्ने डरको कारणले गर्दाखेरि भो टेताल्चा बोकेर दौडिने बेतिथीलाई अन्त्य गर्नुपर्छ। मनी र मसलको प्रतिस्पर्धाको अन्त्य गरिनुपर्छ र स्मार्ट प्रतिस्पर्धामा अखिल क्रान्तिकारी आजको स्ववियु निर्वाचनको यो मैदानमा होमिनुपर्छ भन्ने संकल्प लिएर हामी प्रतिस्पर्धा गर्दैछौं ।’


यस्तै उनले बिहीबारसम्म अखिल क्रान्तिकारी ३४ ओटा क्याम्पसमा सभापति निर्विरोध निर्वाचित भएको जानकारी दिइन्।

प्रतिकृया