• ९ असोज २०८३, शुक्रबार
  • ३ः०३ दिउँसो

युएईद्वारा नेपाललाई ३११ रनको कीर्तिमानी लक्ष्य

प्रकाशित मिति

२०७९ चैत्र २ गते, बिहीबार ०१:४४

२ चैत्र २०७९, काठमाडौँ: विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा नेपाललाई युएईले अहिलेसम्मकै उच्च लक्ष्य प्रस्तुत गरेको छ। लिगको अन्तिम खेलमा टियू मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको युएईका लागि आसिफ खानको विष्फोटक शतकीय इनिङ अन्य दुई खेलाडीको अर्धशतकमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको हो।

National Life

युएईको विशाल स्कोरमा आसिफ खानले कीर्तिमानी ब्याटिङ गरे उनले ४१ बलमानै शतक प्रहार गर्दै एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक चाँडो शतक प्रहार गर्ने चौंथो खेलाडी बने । उनको सानदार शतकमा युएईले नेपालसामु ३११ रनको लक्ष्य दिन सफल भयो ।


हजारौँ दर्शकमाझ टियू मैदान कीर्तिपुरमा जारी खेलमा युएईका लागि भृत्या अर्विन्दले ९४ रन बनाए। अर्विन्द र सातौँ नम्बरमा ब्याटिङका लागि आएका आसिफ खानले छैटौँ विकेटका लागि १३५ रनको साझेदारी गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, कप्तान मुहम्मद वासिमले ४९ बलमा २ चौका र ६ छक्काको सहयोगमा ६३ रन बनाउँदा रोहन मुस्ताफाले २० रन बनाएका थिए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले समान १-१ विकेट लिएका थिए ।

प्रतिकृया