• २५ भदौ २०८३, बिहीबार
  • ८ः०२ बिहान

पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा , काठमाडौँको जनजीवन प्रभावित

प्रकाशित मिति

२०७९ फाल्गुन २४ गते, बुधबार १०:१८

२४ फागुन, २०७९, काठमाडौँ: अहिले काठमाडौँ उपत्यका सहित देशभरका पहाडी भूभागमा वर्षा भइरहेको छ। बुधबार बिहानैबाट काठमाडौँसहित देशभरका पहाडी भूभागमा वर्षा हुँदा जनजीवन सामान्य प्रभावित बनेको हो। पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा भएको हो।

National Life

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।


देशपहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण जनजीवन प्रभावित हुनुका साथै मौसम सफा नहुँदा आन्तरिक उडानसमेत प्रभावित बनेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया