• २६ भदौ २०८३, शुक्रबार
  • २ः४९ दिउँसो

वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड अब्दुल्लाह अलमुताईरीलाई

प्रकाशित मिति

२०७९ फाल्गुन २३ गते, मंगलवार ०४:५६

२३ फागुन २०७९, काठमाडौँ : नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको उत्कृष्ट प्रशिक्षकको अवार्ड फुटबलका पुर्व प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्राप्त गरेका छन्। उनले २०७८ मा नेपाली फुटबललाई साफ च्याम्पियन सिपको फाइनल सम्म पुर्‍याएका थिए ।

National Life

अवार्ड पाउने क्रममा अलमुताइरीले क्रिकेटका पूर्व प्रशिक्षक डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्टलाई पछि पार्न सफल भए। अवार्ड हात पारेका अलमुताइरीले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्ने छन्।


नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक रहँदा विवादै विवादमा परे पनि अलमुताइरीले नेपाललाई पहिलो पटक एसियन कप छनोटको तेश्रो चरणसम्म पनि पुर्‍याएका थिए। अवार्ड जितेका अलमुताइरीले एन्फामा नयाँ नेतृत्व आएसँगै राजिनामा दिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया