• २९ भदौ २०८३, सोमबार
  • १ः१९ राती

नारायणीमा हामफालेकी आमाको उद्धार, २ छोराछोरीको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण २३ गते, बिहीबार ११:४४

कावासोतीः नवलपरासीको त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफालेकी आमाको उद्धार गरिएको छ भने २ छोराछोरीको मृत्यु भएको छ ।

National Life

उक्त दुर्घटनामा परी पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महीनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको हो । आमा २४ वर्षीय सुधा विश्वकर्मालाई भने स्थानीयवासीले उद्धार गरेका छन् । अहिले आमा सुधा विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले बताएको छ ।

प्रहरीका अनुसार आमा स्वयंले दुवै बच्चा साथमा लिएर नारायणी नदीमा हामफालेकी थिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया