• २९ भदौ २०८३, सोमबार
  • ५ः१२ बेलुका

कोटेश्वर–जडिबुटी सुरुङ मार्गको निर्माण तत्काल अघि बढाउन आग्रह : सांसद महेश बस्नेत

प्रकाशित मिति

२०७६ श्रावण २३ गते, बिहीबार ११:३४

काठमाडौँ, नेकपाका प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उपत्यकावासीले ठूलो सवारी जामको समस्या भोगी रहनुपरेको कोटेश्वर–जडिबुटी खण्डमा तत्काल सुरुङ मार्गको निर्माण कार्यलाई सम्बन्धीत मन्त्री तथा मन्त्रालयले तत्काल निर्माणको कार्य अघि बढाउन माग गर्नुभएको छ ।

National Life

प्रतिनिधिसभाको बुधबार शुन्य समयमा बोल्दै सांसद बस्नेतले कोटेश्वको सुरुङ मार्ग तथा सूर्यविनायकदेखी घुलिखेलसम्मको ६ लेनको सडकविस्तारको कार्य तत्काल शुरु गर्न माग गर्नुभएको हो ।

कोटेश्वर, बनेपा, सिन्धुली नेपालकै दोस्रो नाका रहेको बताउँदै उहाँले सूर्यविनायक – धुलिखेल तथा कोटेश्वरमा सुरुङ मार्ग निर्माण गरी उपत्यकामाबसोवास गर्ने लाखौं मानिसलाई सास्तीको रुपमा रहेको सवारी जामको अन्त्यगर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पूर्वी नेपालतर्फ जाने दैनिक करिव २० हजारभन्दा वढी सवारी साधनगुड्ने गरेकाले वर्तमान समयमा सुरुङ मार्ग तथा सूर्यविनायक – धुलिखेलको सडक ६ लेनको बनाउनुको कुनै विकल्पनभएको समेत बताउँदै भन्नुभयो, ‘भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयले यो बारेमा उचित चासो लिननसकेको जस्तो अनुभति भएकोले सम्बन्धीत मन्त्री तथा मन्त्रालयले उचित पहल कदमि लिने र योबाट महत्वका साथ अघि बढाउन आग्रह छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकलाई ६ लेन तथाकोटेश्वरमा सुरुङ मार्ग बनाउने भन्ने कुरा नेपाल सरकारले अघिल्लो वर्षबाट नै डिपिआरको कुरा बजेट तथा नीति तथा कार्यक्रममा ल्याएको तर उक्तप्रकृया ढिलाई भइरहेको सांसद बस्नेतले बताउनु भयो ।

प्रतिकृया