• ९ असोज २०८३, शुक्रबार
  • ६ः५६ बेलुका

स्कटल्यान्डले नामिबियालई दियो २२२ रनको लक्ष्य

प्रकाशित मिति

२०७९ फाल्गुन ८ गते, सोमबार ०१:१७

८ फागुन, २०७९, काठमाडौँ: आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत स्कटल्यान्डले नामिबियालाई २२२ रनको लक्ष्य दिएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४८.४ ओभरमा २२१ रनमा अलआउट भयो।

National Life

स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले ४७ रन जोडे भने कप्तान रिची बेरिङटनले ३२ रन बटुले। टोमस म्याकिङटोसले ३४ रन तथा माइकल लेस्कले २९ रन बनाए। बलिङमा नामिबियाका ट्रम्पलम्यानले ५ विकेट लिए। यस्तै टाङगेनी लुङमेनीले २ विकेट हात पारे।


सिरिजमा यसअघि नेपालले नामिबियालाई दुवै खेलमा र स्कटल्यान्डलाई एक खेलमा पराजित गरेको थियो। सिरिजको अन्तिम खेलमा भोलि मंगलबार नेपाल र स्कटल्यान्डबीच खेल हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया