• ९ असोज २०८३, शुक्रबार
  • ७ः०८ बेलुका

कृषि विकास बैंकका सिइओ गुरुङद्वारा पदभार ग्रहण

प्रकाशित मिति

२०७९ फाल्गुन ८ गते, सोमबार ०२:०९

८ फागुन, २०७९, काठमाडौँ: कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ) गोविन्द गुरुङले कार्यभार ग्रहण गरेका छन्। बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेसँगै गुरुङले आज पदभार ग्रहण गरेका हुन्।

National Life

सिइओ छनोट समितिले सिइओका लागि आवेदन परेका २२ जनामध्येबाट पाँच जनाको नाम छानेको थियो। शनिबार भएको प्रस्तुतीकरण तथा अन्तर्वार्ताबाट छनोट समितिले तीन जनाको नाम बैंक सञ्चालक समितिलाई सिफारिस गरेको थियो। छनोट समितिले सिफारिस गरेका तीन जनामध्येबाट सञ्चालक समितिले गुरुङलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको हो।

प्रतिकृया