• १० असोज २०८३, शनिबार
  • १०ः३९ बिहान

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक रेग्मी पक्राउ

प्रकाशित मिति

२०७९ फाल्गुन ८ गते, सोमबार ०२:११

८ फागुन २०७९, काठमाडौँ: विदेशबाट फर्कँदै गरेका विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी विमानस्थलबाटै पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय साइबर ब्युरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

National Life

साइबर अपराधसम्बन्धी उजुरीपछि रेग्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउबारे सबै कुरा बाहिर नआए पनि केही गायक गायिकासँग उनको विवाद रहेको समेत बुझिएको छ ।


उनको फेसबुकमा केही गायक–गायिकाको हस्ताक्षर समेत भएको कागजात राखिएको र कुन प्रयोजन वा विषयमा राखिएको भन्ने पनि स्पष्ट छैन । सामाजिक सञ्जालमा गालीगलोज गरेको विषयलाई लिएर उनीविरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया