• २१ जेठ २०८३, बिहीबार
  • ८:१३ बिहान

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहद्वारा शपथग्रहण

प्रकाशित मिति

२०७९ माघ २७ गते, शुक्रबार ०४:०३

२७ माघ २०७९, काठमाडौँ: सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। शाहले प्रदेश प्रमुख देवराज जोशीबाट शपथग्रहण गरेका हुन्। नयाँ सरकार बनेसँगै सानो आकारको मन्त्रिपरिषद् पनि बनेको छ। त्यसमा नेपाली काङ्ग्रेसका प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधार र एकीकृत समाजवादीका नरेश शाहीले आर्थिक मामिला मन्त्रीको शपथ लिएका छन्।


बिहीबार एमालेका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पदमुक्त भएपछि ठूलो दलको नेताको हैसियतले शाह मुख्यमन्त्री नियुक्त भएका थिए। उनले अबको १ महिनाभित्र विश्वासको मत लिनुपर्नेछ।

Kamana Sewa

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादीका ११ (सभामुखसहित), एमालेका १० (उपसभामुखसहित), नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ जना सांसद छन्। विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ।

Classic Tech Desktop

प्रतिकृया