• ११ भदौ २०८३, शुक्रबार
  • १२:४३ बेलुका

सुपर माईको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

प्रकाशित मिति

२०७९ माघ २६ गते, बिहीबार ०२:०३

२६ माघ, २०७९, काठमाडौँ: सुपर माई हाइड्रोपावरको आइपीओमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेकाे छ । लगानीकर्ताले आज माघ २६ गते बिहीबार कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन्।


कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो। कम्पनीले ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आइपीओ जारी गरेको हो । कम्पनीका अनुसार हालसम्म यसमा मागभन्दा बढी आवेदन परिसकेको छ।

Kamana Sewa

यो मध्ये १०% अर्थात् ५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ। ५% अर्थात् २५ हजार कित्ता सामूहिक लगानी कोष र २% अर्थात् १० हजार कित्ता कर्मचारीहरुलाई छुट्याएको छ। बाँकी ४ लाख १५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

Classic Tech Desktop

सीडीएसका अनुसार माघ २५ गते बुधबारसम्ममा १० लाख ६८ हजार ८५० जना आवेदकले १ करोड १९ लाख ९१ हजार १९० कित्ताका लागि आवेदन परेको छ। यो सर्वसाधारणलाई निष्कासन भएको ४ लाख १५ हजार कित्ताभन्दा २८.८९ गुणा बढी हो। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।


लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम सानीमा क्यापिटल लिमिटेडले गरेको छ। यसलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्र एनपी त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ।

प्रतिकृया