• ३० जेठ २०८३, शनिबार
  • ७:२३ बिहान

भारतका धनाढ्य अम्बानीका छोराले गरे दोस्रो पटक इन्गेजमेन्ट

प्रकाशित मिति

२०७९ माघ ६ गते, शुक्रबार ०५:०८

६ माघ, २०७९, काठमाडौँ: विश्वकै धनाढ्यमध्येका एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानीले दोस्रो पटक इन्गेजमेन्ट गरेका छन्। उनले तीन साताअघि आफ्नी प्रेमिका राधिका मर्चेन्टसँग परम्परागत रुपमा रोका (इन्गेजमेन्ट) गरेका थिए। उनीहरूको राजस्थानस्थित श्रीनाथजी मन्दिरमा रोका भएको थियो।


बिहीबार उनीहरूले अम्बानी हाउसमा भव्य पार्टी दिँदै औपचारिक रुपमा इन्गेजमेन्ट गरेका हुन्। उनीहरूले गुजराती र हिन्दु परम्पराअनुसार इन्गेजमेन्ट गरेका छन्। अनन्त र राधिकाको इन्गेजमेन्टको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

Kamana Sewa

उनीहरूको इन्गेजमेन्टमा थुप्रै बलिउड कलाकार आएका थिए। उक्त समारोहमा सलमान खान, ऐश्वर्या राय बच्चन, कट्रीना कैफ, अक्षय कुमार, दीपिका पादुकोण, रणवीर सिंह, वरुण धवन, सारा अली खान, जाहन्वी कपूरलगायत उपस्थित थिए। राधिका एनकोर हेल्थकेयरका सिइओ वीरेन मर्चेन्टकी छोरी हुन्।

Classic Tech Desktop

प्रतिकृया