• ११ असोज २०८३, आइतबार
  • ९ः२५ राती

हुन्डाइ कन्स्ट्रक्सनको ‘स्मार्ट प्रमिस अफर’- सुपथ मूल्यमै हेभि एक्जाभेटर !

प्रकाशित मिति

२०७९ पुष १४ गते, बिहीबार ०५:१५

१४ पुस २०७९, काठमाडौँ:  हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्ट नेपालले निर्माण व्यवसायीहरूलाई लक्षित गरेर ‘हुन्डाइ स्मार्ट प्रमिस’ योजना ल्याएको छ । यो योजना अन्तर्गत कम लगानीमै राम्रो कन्डिसनको सेकेन्ड ह्यान्ड एक्जाभेटर सुपथ मूल्यमा पाउन सकिने व्यवस्था रहेको छ । ग्राहकले नयाँ उपकरणको भन्दा लगभग ६० गुणा कम लगानीमै सेकेन्ड ह्यान्ड उपकरण खरिद गर्न सक्नेछन् ।

National Life

नयाँ अवस्थामा लिँदा १ करोड ५० लाख नेपाली रुपैँयासम्म पर्ने उपकरणहरू ग्राहकले ६० देखि ९० लाख रुपैयाँमै लिन सक्नेछन्। यसअघि ३६१ घण्टादेखि बढिमा २९५० घण्टासम्म प्रयोग गरिएका यी सेकेन्ड ह्यान्डका उपकरणहरू अझै पनि उत्तिकै कुशल प्रदर्शन र उच्च प्रतिफल दिने अवस्थामा रहेका छन् ।


‘हुन्डाइ स्मार्ट प्रमिस’ का हरेक एक्जाभेटरहरुमा ९ महिना वा १००० घण्टाको प्रयोग अवधिसम्म वारेन्टि रहेको छ । साथै, हुन्डाइ मेन्टेनेन्स कन्ट्रयाक्ट (एच एम सि) प्याकेज अन्तर्गत निश्चित युनिटका एक्जाभेटरहरूमा ६ महिना, ८ महिना वा ९ महिनाको नि:शुल्क मर्मत गरिने व्यवस्था छ । यस योजनाका मेसिनहरू हुन्डाइको काठमाडौँ, हेटौँडा र बुटवल सोरुममा उपलब्ध छन् । ग्राहकले आफुलाई सहज हुने योजना अनुसार लागत भुक्तानी गरि उपकरणहरू खरिद गर्न सक्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

हुन्डाइ कन्स्ट्रक्सन नेपालको हेभि निर्माण उपकरण बजारमा प्रमुख हिस्सा ओगटेको कम्पनि हो । कम्पनिले उच्च पर्फमेन्स गर्ने ‘नेपालको नम्बर १ एक्जाभेटर’ उपकरण निर्माण गर्दछ । हुन्डाइ कन्स्ट्रक्सनका उपकरण लामो समयदेखि निर्माण, युटिलिटि, उत्खनन र खानी उद्योगहरूको लागि प्रमुख इक्विप्मेन्टको रूपमा रहँदै आएको छ । हुन्डाइ मसिन, हेभि इक्विप्मेन्ट अपरेटरहरूलाई कार्य सम्पादन गर्न मुख्य भूमिका खेल्दै आएको छ ।

प्रतिकृया