• १० असोज २०८३, शनिबार
  • ९ः३० राती

लगानीकर्तासँग भेट्दै अर्थमन्त्री पौडेलले भने, “पूँजी बजार सुधारका लागि आवश्यक पहल गर्नेछु”

प्रकाशित मिति

२०७९ पुष १४ गते, बिहीबार ०५:२७

१४ पुस २०७९, काठमाडौँ: सेयर लगानीकर्ता संघ नेपालको कार्यवाहक अध्यक्ष तारा फुल्लेल एवमं नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालको अध्यक्षतामा गएको लगानीकर्ताहरूको टोलीले आज बिहीबार नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँग गरेका छन् । सो भेटमा नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारको पनि उपस्थिती रहेको थियो ।

National Life

लगानीकर्ताहरूको टोलीले अर्थमन्त्रीलाई भेटी सफल कार्यकालका लागि बधाई एवमं शुभकामना व्यक्त गरेका छन् । सो भेटमा लगानीकर्ताहरूले अर्थमन्त्री पौडेललाई पूँजी बजारका समसामाहिक विषयमा जानकारी गराएका छन् । कुराकानीको क्रममा अर्थमन्त्री पौडेलले पूँजी बजारको सुधार र विकासको लागि आफूले सधैँ पहल गर्ने आश्वासन सेयर लगानीकर्ता संघ नेपालको कार्यवाहक अध्यक्ष तारा फुल्लेलले अर्थ संसारलाई जानकारी दिएका छन् ।

प्रतिकृया