• १ असोज २०८३, बिहीबार
  • ४ः४२ बेलुका

गोल्डेन बुटको दौडमा एम्बाप्पेभन्दा मेस्सी अगाडि

प्रकाशित मिति

२०७९ मंसिर २९ गते, बिहीबार ११:४६

२९ मंसिर २०७९, काठमाडौँ: फ्रान्सका केलियन एम्बाप्पेले लगातार २ खेलमा गोल गर्न नसक्दा गोल्डेन बुटमा मेस्सीको सम्भावना बलियो बनेको छ । क्वार्टरफाइनलमा इंग्ल्याण्डविरुद्ध गोल नगरेका एम्बाप्पेले सेमिफाइनलमा मोरक्कोविरुद्ध पनि गोल र असिस्ट दुवै गर्न सकेनन् ।

National Life

असिस्टका कारण गोल बराबरी भएपनि एम्बाप्पेलाई मेस्सीले पछि पारेका हुन्। एम्बाप्पे र मेस्सीले समान ५ गोल गरेका छन्। मेस्सीले ३ गोलमा असिस्ट गर्दा एम्बाप्पेले २ गोलमा मात्रै असिस्ट गरेका छन्।


गोल संख्या बराबरी भएमा असिस्ट जसको बढी छ उसैलाई गोल्डेनबुट प्रदान गरिनेछ। असिस्ट पनि बराबरी भएको अवस्थामा मात्रै दुई खेलाडीले खेलेको समयका आधारमा निर्णय गरिनेछ। खेल समय भने एम्बाप्पेको कम छ।

Classic Tech Mobile
Classic Tech Desktop

सबै खेलमा मेस्सीले पूरै समय मैदलानमा बिताएका छन्। तर एम्बाप्पले केही खेल पूरै समय खेलेका छैनन्। गोल र असिस्ट बराबरी भएको अवस्थामा कम खेल खेल्नेलाई गोल्डेन बुट प्रदान गरिन्छ।


यस्तै फ्रान्सका ओलिभर जिरुड र अर्जेन्टिनाका जुलियन अल्भारेजको पनि गोल्डेनबुट जित्ने सम्भावना कायम छ। यी दुवैले समान ४ गोल गरेका छन्।


अब आइतबार राति हुने फाइनल खेलबाट मात्रै गोल्डेन बुटको विजेताको टुंगो लाग्ने छ। तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया शनिबार राति भिड्नेछन्।

प्रतिकृया