• २ असोज २०८३, शुक्रबार
  • ११ः३४ बिहान

महालक्ष्मी विकास बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७९ मंसिर १६ गते, शुक्रबार १०:२८

१६ मंसिर २०७९, काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ।बैंकका विभिन्न शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न भएका हुन्। यस बैंकको थापाथली शाखाद्वारा त्रिपुरेश्वर, काठमाडौंमा अवस्थित नेपाल दृृष्टिविहीन कल्याण संघमा अध्ययनरत बालबालिकाका लागि ब्रेल पुस्तक तयार गर्न १८७५ थान ब्रेल पेपर हस्तान्तरण गरिएको छ।

National Life

त्यस्तै, बैंकको न्युरोड शाखाले सराङकोट धार्मिक एवं पर्यटक क्षेत्र विकास समितिलाई पञ्चमुखी गणेश मूर्ति स्थापनाका लागि अक्षेरुपी पचास हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ। यस्तै, बैंकको ठुटीपिपल शाखाद्वारा ओमसत्तिया गाउँपालिका– १, रुपन्देहीमा अवस्थित श्री गंगा–विसुन आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाका लागि बाल उद्यानसम्बन्धी सामग्री हस्तान्तरण गरिएको छ।


उल्लेखित कार्यक्रम सँगसँगै बैंकको रुकुम शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) लाई मिटिङ टेबुल निर्माण गरी हस्तान्तरण गरिएको छ। बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ र भविष्यमा पनि यस्ता कार्यक्रम गरेर आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने अठोट लिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया