• १२ असोज २०८३, सोमबार
  • ११ः२९ बिहान

इटालीको मजदुरको कथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा

प्रकाशित मिति

२०७९ मंसिर १५ गते, बिहीबार ११:१८

१५ मंसिर २०७९, काठमाडौँ : इटालीको मजदुरको कथा बोकेर ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नारामा साथ भइरहेको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सातौँ दिनमा आइपुगेको छ। बिहीबार मञ्चन हुने इटालीको नाटक ‘मेड इन इल्भा’ले प्रतिकूल उत्पादन प्रणालीभित्र कैद एक मजदुरको कथा भन्छ।

National Life

उत्तरआधुनिक परिवेशमा एक मानिस मेकानिक मानिसभन्दा पनि एकोहोरो चालको मेसिनमा परिणत हुन्छ र मात्र प्राविधिक कृत्रिम अस्तित्वमा रहन बाध्य हुन्छ। मानिसलाई मानवीय रूपमा नभई उपकरणको रूपमा मात्र लिने औधोगिक मालिकहरूको प्रवृत्तिलाई नाटकले यस नाटकले मञ्चन गर्छ।


अन्ना डोरा डोर्नो निर्देशित तथा निकोला पियन्जोला लिखित ‘मेड इन इल्भा’ मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुँदैछ। त्यस्तै, सातौँ दिनको प्यानल डिसकसनको विषय ‘थिएटर शिक्षाः अवसर र चुनौती’ रहेको छ। साँझ ५ बजे यस विषयमा विश्वविद्यालयका सम्बन्धितहरू र थिएटर व्यक्तित्वबीच अन्तरक्रिया हुनेछ। आजै कचहरी नाटक र क्लाउन नाटकसम्बन्धी कार्यशाला पनि सञ्चान हुँदैछ भने मण्डला थिएटरले सञ्चालन गरेको पहिलो एक वर्षे ड्रामा स्कूलका क्रियाकलाप, उपलब्धी र प्रतिक्रिया समेटिएको वृत्तचित्र पनि प्रदर्शन गरिँदैछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया